अजयमेरुमा घरमै सुत्केरी शून्य, संस्थागत प्रसूति शतप्रतिशत

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा भएको छ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बुधबार विशेष कार्यक्रमबीच घोषणा गरिएको हो।

Amargadhi Education

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’का अनुसार घरमा हुने प्रसूति शून्य भएपछि यस्तो ऐतिहासिक उपलब्धि सम्भव भएको हो।

अजयमेरु फाैजी केरा

“२०७४ सालमै ल्याइएको नीति तथा कार्यक्रममा समावेश लक्ष्यअनुसार अहिले हामीले यो घोषणा गर्न सफल भयौँ,” अध्यक्ष भट्टले भने।

गत आर्थिक वर्ष २०८०/८१ र चालु आव ०८१/८२ मा गाउँपालिकामा ४०१ जना गर्भवतीमध्ये १९१ जनाको प्रसूति गाउँपालिकाका बर्थिङ सेन्टरहरूमा तथा २१० जनाको अन्य स्वास्थ्य संस्थामा भएको स्वास्थ्य शाखा प्रमुख गणेश पालले जानकारी दिए।

उनका अनुसार सबै प्रसूति नेपाल सरकारले तोकेका स्वास्थ्य संस्थामै भएकाले १० वटै वडाबाट पूर्ण सुत्केरी सुनिश्चितता घोषणा भई भेरिफिकेसनपछि पालिकालाई पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको हो।

८ वटा बर्थिङ सेन्टर र १२ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवा दिइरहेको अजयमेरु गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको अध्यक्ष भट्टले बताए।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ स्टाफ र स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.