एसईई नतिजामा सरस्वती नमूना मावि : साधारणमा निल, प्राविधिकतर्फ ढड्डी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–३ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय बोगटाको यस वर्षको एसईई नतिजा निराशाजनक देखिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार साधारण धारतर्फका सातै जना विद्यार्थी ‘एनजी’ ग्रेड (फेल) मा परेका छन्, भने प्राविधिक धारतर्फ पनि विद्यालय जिल्लामै सबैभन्दा पछिल्लो स्थानमा परेको छ।

GBL NEW

प्राविधिक धारतर्फ २१ जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये केवल ४ जना (१९.०५%) मात्र ग्रेडेड भएका छन्।

प्राविधिक धारमा शीर्ष स्थानमा बाल कल्याण मावि

अजयेमरु गाउँपालिका–१ पुइलेकस्थित बाल कल्याण नमूना मावि प्राविधिक धारतर्फ ३६.८४ प्रतिशत उत्तीर्ण गराउँदै जिल्लामै पहिलो भएको छ। यहाँ १९ जना सहभागीमध्ये ७ जना ग्रेडेड भएका हुन्।

त्यस्तै, महेन्द्र मावि खलंगा दोस्रो स्थानमा रह्यो। ४८ जना सहभागीमध्ये १७ जना (३६.१७%) विद्यार्थी ग्रेडेड भएका छन्।

तेस्रो स्थानमा नवदुर्गाको वीर बलभद्र मावि कोटेली रह्यो। २५ जना सहभागीमध्ये ६ जना (२४%) ग्रेडेड भएका छन्।

भागेश्वर मावि कटाल, परशुराम नगरपालिका–४ बाट ७४ जना विद्यार्थी सहभागी हुँदा १६ जना (२१.६२%) मात्र ग्रेडेड भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार, प्राविधिक धारतर्फ जिल्लाभर २६.८८ प्रतिशत मात्र विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.