डडेल्धुरामा अनुदानका लागि उद्योग दर्ता बढ्दै, नविकरण घट्दै

dream cafe
learnar

डडेल्धुरा: घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा बैंकिङ सेवा सम्बन्धी सरोकारवाला र उद्यमी–व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले हालसम्म डडेल्धुरामा ४ हजार ७८४ उद्योग दर्ता भएको जानकारी दिँदै चालु आर्थिक वर्षमा १५५ नयाँ उद्योग दर्ता भएको बताए।

Bohora madico

तर, नविकरणको दर भने घट्दो अवस्थामा रहेको उनले उल्लेख गरे।

उनका अनुसार चालु आर्थिक वर्षमा २५२ उद्योग र ४३८ वाणिज्य फर्म मात्र नविकरण भएका छन्। यसै वर्ष ७८ वटा उद्योग खारेज भएका छन्।

अनुदानका लागि फर्म दर्ता अनिवार्य भएकाले दर्ता गर्नेको संख्या बढेको छ तर अनुदान नपाएपछि नविकरण नगर्ने प्रवृत्ति पनि बढेको भण्डारीको भनाइ छ।

उनले जिल्ला कारागारमा कैदीबन्दीहरूलाई होजीयारी तालिम र अन्य स्थानमा ड्राइभिङ तालिम, उखु प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।

HARDIK AGRo NEw

कार्यालयले पूँजीगत तर्फ ६४ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ।

यसअन्तर्गत १०५ जनालाई शिप तालिम दिइएको र ११ वटा उद्योगमा प्रविधि हस्तान्तरण गरिएको हो। शिप तालिममा १३ लाख र प्रविधि हस्तान्तरणमा २० लाख रुपैयाँ खर्च गरिएको छ।

भट्मासको तेल र सोयाबिन उत्पादन गर्ने फारवेस्ट एग्रो जाइन्ट कम्पनीलाई घेरबारका लागि १० लाख अनुदानसहित उग्रतारा पीउने पानी, जीएम सस नम्किन उद्योग, फर्निचर उद्योगलाई समेत अनुदानमा सहयोग गरिएको जानकारी दिइयो।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रभुराज जोशीले बैंकिङ सेवाबारे जानकारी गराएका थिए।

तर, सहभागीहरूबाट बैंकको पहुँच सीमित भएको गुनासो पनि उठेको थियो।

डेरी  व्यवसायी डम्बरबहादुर साउदले बैंकले सडक नजिक मात्रै सेवा दिने, गाउँमा सेवा नपुर्‍याउने भन्दै असन्तुष्टि जनाए।

काष्ठ व्यवसायी नवराज  धिक्तले आफूले दुई लाख अनुदान पाएको र त्यसबाट बल पुगेको बताए। उनले सदुपयोग गर्नेलाई मात्र अनुदान दिनुपर्छ भन्ने धारणा राखे।

कार्यक्रममा सरोकारवाला, व्यवसायी, उद्योगी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.