
डडेल्धुरा : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइइको नतिजा (२०८१) मा डडेल्धुराका दुई नमूनासहित सात विद्यालय नील भएका छन्।
नील रहनेमा भागेश्वर गाउँपालिकाका तीन, अजयमेरु गाउँपालिकाका एक, अमरगढी नगरपालिकाका दुई र परशुराम नगरपालिकाका एक विद्यालय रहेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ, डडेल्धुराका अनुसार साधारण धारतर्फ भागेश्वर गाउँपालिकाको सरस्वती नमूना मावि बोगटा, कैलपाल मावि पत्रम र कैलपाल मावि पन्युट नील भएका छन्।
यस्तै, अमरगढी नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको खुलातर्फ र उग्रतारा वेद विद्या आश्रम नील भएका हुन्।
अजयमेरु गाउँपालिकाको बालकल्याण नमूना मावि पुइलेक र परशुराम नगरपालिकाको वैजनाथ मावि सलेता नील रहेका छन्।
