मलेसियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेतीमा लागेका कर्णको करोडपति बन्ने सपना

dream cafe
learnar

डडेल्धुरा : ‘स्वदेशमै केही हुन्न’ भन्ने सोच बोकेर मलेसिया पुगेका आलिताल गाउँपालिका–४ जालटुडाका कर्ण बोहरा अहिले ‘ड्रागन फ्रुट’ खेतीमार्फत करोडपति बन्ने सपना देखिरहेका छन्।

परदेशको दुःख भोगेर फर्किएका बोहरा अहिले व्यावसायिक कृषिमा सक्रिय छन्।

Amargadhi Education

कृषिमा २०५५ सालदेखि लागेका बोहराले सुरुवात केरा खेतीबाट गरेका थिए।

२०५७ सालमा आँप खेती सुरु गरेपछि उनले मौरीपालन समेत थालनी गरे।

‘ओम मौरीघार तथा कृषि यन्त्र उद्योग’ स्थापना गरेर मौरीघार उत्पादन गर्दै डडेल्धुरा र अन्य जिल्लासम्म व्यापार विस्तार गरे।

तर, सरकारी सहयोग नपाउँदा र खर्च व्यवस्थापनमा समस्या भएपछि उनको व्यापार सुस्ताउँदै गयो।

आवश्यक उपकरण जुटाउन र थप आम्दानीको खोजीमा उनी २०६५ सालमा मलेसिया गए। तर, दुई वर्ष नपुग्दै स्वदेश फर्किए र पुनः मौरीपालनलाई निरन्तरता दिए।

पछिल्लो चार वर्षयता ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षित भएका बोहरा अहिले आलिताल–४, जालटुडा र चुडेपानीमा गरी ७ सय बोट रोपेर खेती गर्दैछन्।

अजयमेरु फाैजी केरा

जालटुडामा २ सय र चुडेपानीमा ५ सय बोट रोपिएको उनले बताए। जालटुडामा उत्पादित फल हाल बजारमा पुगिसकेको छ। ‘प्रतिकिलो ४ सय रुपैयाँका दरले बिक्री भइरहेको छ’, उनले भने।

‘अबको पाँच वर्षभित्रमा एक करोड रुपैयाँ कमाउने लक्ष्य राखेको छु’, बोहराले थपे, ‘त्यसपछि भने उत्पादन भएको फल सस्तो मूल्यमा बिक्री गर्नेछु।’

कृषि ज्ञान केन्द्र डडेल्धुराबाट समयसमयमा आर्थिक र प्राविधिक सहयोग प्राप्त हुँदै आएको उनले बताए।

‘कलश कृषिपशुपंक्षी तथा नर्सरी फर्म’ मार्फत व्यवसाय गरिरहेका बोहराले चुडेपानीमा १५ रोपनी जमिन २० वर्षका लागि भाडामा लिएका छन्।

बाँझो जमिनमा ‘ड्रागन फ्रुट’ प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र डडेल्धुराले उनलाई ३ लाख ५० हजार रुपैयाँभन्दा बढी सहयोग गरेको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए।

उनका अनुसार ‘ड्रागन फ्रुट’को एक बोटबाट एक सिजनमा करिब २० किलोसम्म उत्पादन हुने अनुमान छ।

‘बाँझो जमिनमा खेती गर्ने इच्छाशक्ति देखाएका बोहराको मिहिनेत प्रेरणादायी छ’, पनेरुले भने, ‘उनको व्यवसायलाई सकारात्मक सिकाइसँगै सफलताको उदाहरणका रूपमा लिन सकिन्छ।’

उनले किसानले उत्पादन गरेका फलफूलको बजारीकरणमा केन्द्रबाट आवश्यक सहयोग उपलब्ध गराइने समेत बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.