बजेट अभावले अल्झियो महाकाली कोरिडोर, १७ वर्षमा २० प्रतिशत काम

dream cafe
learnar

डडेल्धुरा: चीन सीमासम्म जोडिने महाकाली कोरिडोरको निर्माण कार्य १७ वर्षमा जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ।

४१३ किमी लम्बाइको ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर सडक योजनाअन्तर्गत हालसम्म २८२ किमी ट्र्याक मात्र खुलेको छ भने ५२ किमी अझै खुल्न बाँकी छ।

GBL NEW

महाकाली कोरिडोर सडक योजनाका प्रमुख ई. दीपक सुनारका अनुसार चालु आर्थिक वर्षमा १.६ किमी कालोपत्रे र २० किमी ट्र्याक खोलिएको छ।

बजेट अभावका कारण काम सुस्त भएको उनले बताए। चालु आवमा विनियोजित ४१.५ करोड चैतमै सकिएपछि थप १० करोड बजेट आएको थियो।

तर, करिब आधा रकम अघिल्लो वर्षको दायित्वमा खर्च भएको छ। सडक निर्माण २०६५/६६ मा सुरु भए पनि २०७४/७५ मा मात्र यो महाकाली कोरिडोर अन्तर्गत समेटिएको हो।

टिंकर–तुसारपानी खण्डको ७९ किमी सडक सेनाले बनाइरहेको छ भने बाँकी खण्डमा १५ वटा ठेक्कामार्फत काम भइरहेको छ।

योजना सुरुको अनुमानित लागत १८ अर्ब १६ करोड भए पनि हाल त्यो दोब्बर हुन सक्ने अनुमान छ। हालसम्म ३ अर्ब ७२ करोड बजेट खर्च भइसकेको छ।

सबैभन्दा बढी खर्च आव २०७८/७९ मा (७८.२५ करोड) भएको हो। महाकाली कोरिडोर ११ किलोमिटर कञ्चनपुर जिल्लामा पर्छ।

यसैगरी ५८ किलोमिटर डडेल्धुरा, १४४ किलोमिटर बैतडी र २०० किलोमिटर दार्चुला जिल्लामागरी ४१३ किलोमिटरको सडक निर्माणको काम भइरहेको छ।

भारतले लिपुलेक–कालापानी सडक दुई लेनको बनाएपछि नेपालका लागि आफ्नो सीमाभित्र यात्रा गर्न समेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता देखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.