डडेल्धुरामा सीडीओ गौतमले सम्हाले कार्यभार, सेवा चुस्त, अनुगमन कडा बनाउने प्रतिबद्धता

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा जनार्दन गौतम प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पदस्थापन भई कार्यभार सम्हालेका छन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सहसचिव रहेका गौतम बुधबार डडेल्धुरा हाजिर भएका हुन्।

Amargadhi Education

गृह मन्त्रालयले चोमेन्द्र न्यौपानेलाई सरुवा गरेपछि नयाँ सीडीओका रूपमा आएका गौतमले शुक्रबार जिल्लास्थित पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका थिए।

कार्यक्रममा उनले सरकारी सेवामा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएका छन्।

‘यहाँका सरकारी कार्यालयबाट हुने सेवाप्रवाहलाई चुस्त र पारदर्शी बनाउँछौं,’ सीडीओ गौतमले भने, ‘विकास निर्माणका कार्यमा समन्वय तथा सहजीकरण गर्छौं।’

उनले विकास निर्माणमा लापरबाही र गुणस्तरहीन कार्य भए त्यसप्रति कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइने बताए।

अजयमेरु फाैजी केरा

सीडीओ गौतमले चोरी, तस्करी तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाउने जानकारी दिएका छन्।

साथै, पछिल्लो समय जिल्लामा आत्महत्याका घटना बढेकाले त्यसको न्यूनीकरणका लागि स्थानीय तह र समुदायसँग मिलेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

लागूऔषध नियन्त्रण अभियान अन्तर्गत मोटरसाइकल र एम्बुलेन्समा समेत चेकजाँच गरिने उनले बताए।

सार्वजनिक बिदामा बिना पास सञ्चालन भएका सरकारी सवारीसाधनहरूलाई कारबाही गरिने र सरकारी गाडीलाई व्यक्तिगत काममा प्रयोग गर्न नदिइने उनले स्पष्ट पारे।

कार्यक्रममा सहभागी पत्रकारहरूले सूचनाको पहुँच सुनिश्चित गर्न आग्रह गरेका थिए।

त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सीडीओ गौतमले आफू र कार्यालयका सूचना अधिकारीलाई सूचनामैत्री बनाइने प्रतिबद्धता जनाए।

उनले बजार अनुगमनलाई तीव्रता दिइने र सदरमुकामबाहिरका बस्तीहरूमा समेत अनुगमन अभियान विस्तार गरिने बताए।

साथै, ग्रामीण क्षेत्रमा यात्रु क्षमताभन्दा बढी बोकेर चल्ने सवारीसाधनमाथि कडाइ गरिने उल्लेख गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.