बोहरा मेडिको सेन्टर

दार्चुलाको टिंकरस्थित छायालेकमा चाैकीको अवस्था दयनीय, चिसो छल्न आगो ताप्छन् प्रहरी

dream cafe
learnar

दार्चुला : चीनको सीमासँग जोडिएको दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकी ३४०० मिटर उचाइमा अवस्थित छ। तर, उक्त चौकीको अवस्था दयनीय छ।

भत्किएको गाह्रो र चुहिने छानोभित्र बसेर सीमाको सुरक्षा गर्नुपर्ने बाध्यता प्रहरीहरूलाई रहेको छ।

CNA

वर्षौँदेखि चौकीको अवस्था सुधार नहुँदा प्रहरीहरू जोखिमपूर्ण अवस्थामै सेवा दिइरहेका छन्।

Bohora ma 1

दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार चौकी भवन निर्माणका लागि अहिलेसम्म कुनै पनि निकायबाट पर्याप्त बजेट विनियोजन हुन सकेको छैन।

‘प्रदेश सरकारले मर्मतका लागि केही बजेट दिनसक्ने अनौपचारिक कुरा आएको छ, तर अन्य निकायबाट भवन निर्माणका लागि बजेट आएको छैन,’ उनले भने।

छायालेक चौकीमा असइ मानबहादुर रोकायाको नेतृत्वमा १३ जना प्रहरी कार्यरत छन्।

कठ्यांग्रिने चिसो मौसममा आगो तापेर रात कटाउनुपर्ने भए पनि चौकीमा दाउराको समेत अभाव रहेको उनीहरूको गुनासो छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.