सुदूरपश्चिम साक्षर प्रदेश घोषणा

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएपछि प्रदेशलाई साक्षर घोषणा गरिएको छ।

बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रमकाबीच प्रदेशलाई साक्षर घोषणा गरिएको हो।

Amargadhi Education

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने नीति छ।

अजयमेरु फाैजी केरा

सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसंख्या १६ लाख ८८ हजार ३४ रहेको छ।

त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्यांक छ। सबैभन्दा बढी साक्षर प्रतिशत (९७.३१) बाजुरामा रहेको छ भने सबैभन्दा कम अछाममा (९५.५५) रहेको छ।

साक्षरता घोषणाको मापदण्ड पूरा भएपछि साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको ११ असारको निर्णयानुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशकसमेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समिति सुदूरपश्चिमका सदस्य सचिव दुर्गादत्त विष्टले जानकारी दिए।

विष्टका अनुसार सुदूरपश्चिम, देशको चौथो प्रदेशका रुपमा साक्षर घोषणा भएको हो।

यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर प्रदेशका रूपमा घोषणा भइसकेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.