बजेटमा डडेल्धुराका स्थानीय तह : सबैभन्दा बढी परशुरामको कम गन्यापधुराको

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका सबै सातवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि आ-आफ्नो बजेट सार्वजनिक गरेका छन्।

 पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन्।

GBL NEW

सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै ८० करोड ४९ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ।

नगर उपप्रमुख विमला कुमारी बोहराले १७ औं नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिइन्।

अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले ५३ करोड २ लाख ३८ हजारको बजेट ल्याएको छ।

यस्तै, गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

पालिकाहरुले संघीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन्।

अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने बताएका छन्।

गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटहरूमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ

Ddl dental
Leave A Reply

Your email address will not be published.