बोहरा मेडिको सेन्टर

अजयमेरुमा बढ्यो बजेटको आकार, बजेट ल्यायो ५३ करोडको

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले ५३ करोड २ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ। मंगलबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट गाउँसभाको १७औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालु खर्चतर्फ रु १० करोड ३५ लाख, विविध तथा पुँजीगततर्फ रु १० करोड ५५ लाख ३३ हजार विनियोजन गरिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त सर्शत समपूरक र विशेष अनुदान कार्यक्रमबाट चालु तथा पुँजीगत खर्च रु ३२ करोड १० लाख हुने अनुमान गरिएको उपाध्यक्ष पालले बताइन्।

CNA
Bohora ma 1

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ४० लाख ५० हजार, अन्यबाट १ करोड ४३ लाख ९३ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट रु ८ करोड ३९ लाख, नेपाल सरकारबाट राजश्च बाँडफाँड भई प्राप्त हुने रु ८ करोड २४ लाख, नेपाल सरकारबाट प्राप्त शर्सत अनुदान रु २४ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट रु ७३ लाख २९ हजार, प्रदेश सरकारबाट राजध बाँडफाँड भई प्राप्त हुने रु २४ लाख ४३ हजार, प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान रु ३ करोड ५० लाख रहेको जनाइएको छ।

साथै प्रदेश सरकारबाट समपूरक अनुदानबाट रु एक करोड ४४ लाख र विशेष अनुदानबाट ५५ लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ४८ लाख र संघीय सरकार समपूरक अनुदानवापत रु १ करोड ९० लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले प्रस्तुत गरेका थिए। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए।

अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट बढाएर ल्याएको हो। चालु आवका लागि गाउँपालिकाले ४८ करोड ३१ लाख ७२ हजारको बजेट ल्याएको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.