सीमित स्रोत साधनकाबीच हिंसा पीडित महिलाको सहारा बन्दै सेफ हाउस

dream cafe
learnar

डडेल्धुरा : सीमित स्रोत साधनकाबीच पनि महिला मुक्ति समाज, डडेल्धुराद्वारा  सञ्चालित अल्पकालीन सेवा केन्द्र सेफ हाउस हिंसा पीडित महिलाहरूका लागि सहारा बनेको छ।

सेवामा सुधार र सुरक्षाका चुनौती हुँदाहुँदै पनि उक्त सेवा केन्द्रमा आश्रय लिने महिलाहरूले नयाँ जीवनको सुरुवात गरेको अनुभव सुनाएका छन्।

Amargadhi Education

महिला मुक्ति समाजले आयोजना गरेको सामाजिक लेखा परीक्षण कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, पत्रकार, सेवा लाभगर्ने महिलाहरू तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रमको सामाजिक लेखा परीक्षण पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले गरेका थिए।

महिला मुक्ति समाजमा कार्यरत महिला अधिकारकर्मी अम्बिका जोशीले यो आर्थिक वर्षमा ३४ जना पीडित महिलाले सेवा लिएकाे बताइन्।

उनकाअनुसार  महिला मुक्ति समाजले पीडितलाई मनोसामाजिक परामर्श, कानुनी सहायता, अस्थायी बास र प्राथमिक स्वास्थ्य सेवा दिइरहेकाे छ।

संस्थाले सेवा दिँदै आएको भएपनि सेफ हाउस सञ्चालनमा समस्या रहेको अर्की अधिकारकर्मी पदमा भण्डारी बताउँछिन्।

उनले भनिन्,  ‘सेफ हाउस गोप्य हुनुपर्ने हो। तर, पीडकलाई प्रहरीलेनै पीडित सेफ हाउसमा रहेको जानकारी दिन्छन्। त्यसपछि पीडकहरू नै वरिपरि आइपुग्छन्, यस्तो अवस्थामा पीडितको सुरक्षा सुनिश्चित गर्नु कठिन छ।’

अजयमेरु फाैजी केरा

गैरसरकारी संस्था महासंघ डडेल्धुराकी सचिव सुनिता गैरेले सीमित स्रोत साधनकाबीच सेफ हाउस सञ्चालनमा कठिनाइ भइरहेको बताइन्।

उनले स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्र रोकायले समय समयमा सेफ हाउसको अनुगमनमा गइरहेको जानकारी दिए।

उनलु भने, ‘जिल्ला प्रशासनबाट अनुगमन गरिरहेका छौं, तर अनुगमनका क्रममा सेफ हाउसमा सेवा लिनेहरूसँग भेट भएको छैन्। सेफ हाउस नहुने हो भने प्रहरी प्रशासनको टाउको दुखाइ हुने थियो। यसले गर्दा टाउको दुखाइ हल्का भएको छ।’

डडेल्धुराका सात स्थानीय तहमध्ये आलिताल गाउँपालिका र परशुराम नगरपालिकाबाट सन्तोषजनक

सहयोग नपाएको गुनासो उनीहरूको थियो।

महिला मुक्ति समाजकी अध्यक्ष आरती जोशीले सीमित स्रोत साधनकाबीच पनि सेवा निरन्तर दिन संघर्षरत रहेको बताइन्।

 

उनले भनिन्, ‘प्रहरी प्रशासनबाट केही सहयोग पाइरहेका छौं, स्थानीय तहबाट आर्थिक सहयोग उपलब्ध भएपनि प्रयाप्तता छैन्।’

कार्यक्रममा सहभागी हिंसा पीडित महिलाहरूले सेफ हाउसमा बस्दाका आफ्नो भोगाइ सुनाएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.