प्वालीको रहस्यमय मृत्युपछि अनुसन्धानमा प्रहरी सक्रिय, डडेल्धुरा पुग्यो सीआईबी

dream cafe
learnar

डडेल्धुरा : कैलाली जिल्ला कारागारमा कैद भुक्तानको क्रममा रहस्यमय रुपमा मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिससिंह प्वाली घटनाको अनुसन्धानमा प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष छानबिन टोली धनगढीमा सक्रिय रहेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी), निरीक्षक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अधिकारीहरूको टोली असार ५ गते घटनास्थल पुगेको हो।

Amargadhi Education

टोलीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मृतक प्वालीकि श्रीमती जानकी साउँदले जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथविरुद्ध किटानी जाहेरी दिएकी छन्।

जाहेरीको आधारमा सई नाथलाई नियन्त्रणमा लिई सो घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अजयमेरु फाैजी केरा

प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा सीआइबीको टोली डडेल्धुरा समेत पुगेको बताइन्छ। तर, यसबारे प्रहरीले केही खुलाएको छैन।

नाथले हालेको मुद्दामा प्वालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो।

सोही निर्णय कार्यान्वयन गर्न डडेल्धुरा प्रहरीले अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरेको थियो।

तर, असार २ गते राति साढे १० बजे कारागारको बाथरूम नजिक उनी अचेत अवस्थामा भेटिएका थिए।

तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा सोही राति उनको मृत्यु भएको थियो।

मृतकका परिवारले शरीरभरि निलडाम र चोटपटक रहेको जनाउँदै कुटपिट गरी हत्या गरिएको दाबी गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.