प्वाली मृत्यु प्रकरण : किटानी जाहेरी दर्ता गरेन प्रहरीले, कुरा चपाउँदै डीएसपी

dream cafe
learnar

डडेल्धुरा : कैलाली कारागारमा डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह प्वालीको रहस्यमय मृत्यु भएको घटनामा कैलाली प्रहरीले किटानी जाहेरी दर्ता गर्न मानेको छैन।

मृतक प्वालीकी श्रीमती जानकी साउदले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरिजित नाथसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी हुन्।

Bohora madico

जाहेरीमा कैलाली कारागारका जेलर बसन्तबहादुर खत्री, सुरक्षा प्रमुख सई भरत अधिकारी, घटनाका बेला ड्युटीमा रहेका प्रहरी इश्वरी पाण्डेय र जिल्ला प्रहरीमा कार्यरत सिंह थरका एक प्रहरीसमेत प्रतिवादी बनाइएका छन्।

तर, प्रहरीले हालसम्म जाहेरी दर्ता गरेको छैन। मृतकका दाजु जगदीश रावलले ‘हिजो जाहेरी दर्ता गराउन गएका थियौँ, तर प्रहरीले मानेन’ भनेका छन्।

यसबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले मृतकका आफन्तले उजुरीनै नदिएकाले दर्ता नभएको दाबी गरे।

हिजो प्रहरीमा पीडित पक्ष पुगेको भन्दैछन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘हिजो आउनुभएको थियो तर दर्ता भएन। आज ल्याए भने दर्ता हुन्छ, नत्र हुँदैन।’

प्रारम्भिक अनुसन्धान गरिरहेकाे बताउने उनी जाहेरी हेरेर मात्रै दर्ता गर्ने बताउँछन्।

पीडित पक्षबाट जाहेरी नआएको बताउने डीएसपीले फेरि आएको बताउनु र बोली फेर्नुले प्रहरीको संलग्नतामाथि झन आशंका बढाएको छ।

प्रहरी स्रोतका अनुसार, ‘जाहेरीमा प्रहरीकै नाम समावेश भएकाले दर्ता गर्न आनाकानी भएको हो।’

सात सदस्यीय छानबिन समिति गठन

घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, कैलालीले सात सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी रहेका छन्।

अन्य सदस्यहरूमा डीएसपी राजकुमार सिंह, प्रशासकीय अधिकृत शिवराज जोशी, अनुसन्धान शाखाका सई सुरेश बोहरा, सहायक हवल्दार नरेश साउँद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट छन्।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।

डडेल्धुराबाट पक्राउ, जेलमा मृत्यु

प्वाली डडेल्धुराका व्यापारी थिए। उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो।

HARDIK AGRo NEw

सोही निर्णय कार्यान्वयन गर्न डडेल्धुरा प्रहरीले जेठ २९ गते अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरेको हो।

डडेल्धुरा प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठका अनुसार, प्वालीलाई एक दिन जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखेर जेठ ३० गते कैलाली प्रहरीको जिम्मा लगाइएको हो।

श्रेष्ठले थपे, ‘पक्राउपछि डडेल्धुरा अस्पतालमा स्वास्थ्य परीक्षण गरियो, रिपोर्ट नर्मल थियो।’

३१ गतेदेखि प्वाली कैलाली प्रहरीको नियन्त्रणमा थिए। असार १ गते मात्र उनलाई कैलाली कारागारमा बुझाइएको जेलर खत्री बताउँछन्।

‘कारागार पुर्‍याउनु अगाडि नै थिए कुटिएका’

असार १ गते साँझ ५–६ बजेको समयमा प्वालीलाई कारागार पुर्‍याइएको थियो।

कारागार प्रशासनको पत्रअनुसार उनी प्रवेश गर्दासमेत अस्वस्थ देखिएका थिए र शरिरमा चोटपटक थिए।

‘प्वालीले अन्य कैदीलाई चोट देखाएका थिए’, पत्रमा उल्लेख छ।

पीडित परिवारले कारागार भित्र र बाहिर दुबैतिर कुटपिटपछि उनको हत्या गरिएको दाबी गरेका छन्।

सई हरिजित नाथसँगको सम्बन्ध के?

कैलालीका सई हरिजित नाथले प्वालीविरुद्ध बैंकिङ्ग कसुर मुद्दा दायर गरेका थिए।

०८० भदौ २७ गते ‘व्यापारको लागि सापटी मागेर दिएको चेक बाउन्स भएको’ भन्दै जाहेरी दिएका थिए।

त्यसकै आधारमा ०८० फागुन २९ गते कैलाली जिल्ला अदालतले प्वालीलाई दुई लाख जरिवाना र १० दिन कैद सजाय सुनाएको हो।

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका प्वालीका दाजु जगदीश रावलले २ गते सई नाथको खातामा ८५ हजार रुपैयाँसमेत जम्मा गरिसकेका थिए।

मृतकका काका पदमसिंह प्वालीका अनुसार, ‘त्यो समयमा सई हरिजित कैलाली भन्सारमा कार्यरत थिए। प्वालीले भारतबाट ल्याएको कस्मेटिक सामानमा बार्गेनिङ्ग गर्ने गर्थे।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.