शुक्लाफाँटामा कानूनविपरीत साइकल र मोबाइल वितरण

dream cafe
learnar

डडेल्धुरा :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी प्रावधानविपरीत जनप्रतिनिधि तथा महिला स्वयंसेविकालाई साइकल र मोबाइल वितरण गरेको खुलेको छ।

आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले वडा नं. ६ का वडा सदस्यहरूलाई पाँचवटा साइकल वितरण गरेको छ।

Amargadhi Education

सुदूरपश्चिम प्रदेशका लागि स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ मा संशोधन गर्न बनेको विधेयकको दफा ३(१) सँग सम्बन्धित अनुसूची–१ (ख) बमोजिम मात्र सुविधा दिने व्यवस्था भए पनि नगरपालिकाले त्यो उल्लंघन गर्दै ४९ हजार ९ सय ४६ रुपैयाँमा साइकल वितरण गरेको हो।

अजयमेरु फाैजी केरा

प्रत्येक साइकलको मूल्य ९ हजार ९ सय ८९ रुपैयाँ रहेको र ती साइकलहरू झलारीस्थित नेगी साइकल स्टोरबाट खरिद गरिएको थियो।

महालेखा परीक्षकको कार्यालयले ऐनमा स्पष्ट नउल्लेखिएको सुविधा वितरण नियमविपरीत भएको निष्कर्ष दिएको छ।

त्यस्तै, नगरपालिकाले स्पष्ट कार्यविधि र औचित्यबिना वडा नं. १२ का महिला स्वयंसेविकालाई चारवटा मोबाइल फोन वितरण गरेको छ। त्यसमा ७३ हजार ९ सय ८० रुपैयाँ खर्च गरिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक खर्चमा नियमितता, मितव्ययिता, प्रभावकारिता र औचित्यता अनिवार्य मानिन्छ।

तर, मोबाइल वितरणसम्बन्धी खर्चमा यस्ता मापदण्ड नपुरा भएको भन्दै महालेखा परीक्षकको कार्यालयले आलोचना गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.