बोहरा मेडिको सेन्टर

बडिमा अनार फल्न थाल्यो

dream cafe
learnar

डडेल्धुरा: अजयमेरु गाउँपालिका–२ स्थित बडिको बाँझो जमिनमा लगाइएको अनार अब फल्न थालेको छ।

१० महिनाअघि मात्रै रोपिएका अनारका बिरुवाले यस वर्षदेखि फसल दिन सुरु गरेका छन्।

CNA
Oplus_131072

७ सय रोपनी बाँझो जमिनमा १० हजार बिरुवा रोपिएकोमा हालसम्म करिव ८ हजार बिरुवा जीवन्त छन्। वार्षिक २० हजार रुपैयाँ तिर्ने गरि यो जमिन भाडामा लिइएको हो।

Bohora ma 1

स्थानीयको सक्रियता, प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको पहल र कृषि ज्ञान केन्द्र डडेल्धुराको प्राविधिक तथा आर्थिक सहयोगमा सुरु गरिएको यस योजनामा हालसम्म करिब ४५ लाख रुपैयाँ लगानी भइसकेको छ।

Oplus_131072

अजयमेरु गाउँपालिका–२ का वडाध्यक्ष शिवराज भट्टले सामाजिक सञ्जाल फेसबुकममा लेखेका छन्, ‘सलाम छ कम्रेड माननीय डा. तारा जोशी ज्यू। तपाईंको सपना साकार हुँदैछ। हाम्रो निर्वाचन क्षेत्रले तपाईं जस्तो माननीय पाउनु हाम्रा लागि गर्वको विषय हो। माननीयहरू कमिसनमा योजना बेचिरहेका खबर आइरहेका बेला, तपाईंले राख्नुभएको दूरदर्शी योजनाको नतिजा अब देखिन थालिसकेको छ।’

उनका अनुसार, अजयमेरु गाउँपालिका- २ को बडिमा सञ्चालनमा आएको वृहत् अनारखेती कार्यक्रमलाई कृषि पर्यटनको रूपमा विकास गर्ने प्रयास थालिएको छ।

‘अजयमेरु कोट हुँदै अनार खेतीको दृश्यावलोकन गरिदिन सबैमा अनुरोध गर्दछु,’ वडाध्यक्ष भट्टले आग्रह गरेका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.