सामाजिक मन्त्रालयलाई असारे चटारो, कार्यक्रममा हतारो !

dream cafe
learnar

डडेल्धुरा : आन्तरिक रोजगार प्रवद्र्धन जस्तो संवेदनशील विषयमा आधारित भएर सोमबार डडेल्धुरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम औपचारिकताको घेराभित्र सीमित भएको छ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा तथा अमरगढी नगरपालिकाको रोजगार शाखाको समन्वयमा आयोजना गरिएको आन्तरिक रोजगार प्रवद्र्धनका लागि सरोकारवाला निकायहरूसँग विनिमय सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम औपचारिकताको घेराभित्र सीमित भएको हो।

GBL NEW

उक्त कार्यक्रम एक÷डेढ घण्टामै सकिएको थियो। कार्यक्रम आयोजना गर्ने हतारो र व्यवस्थापनको अभाव स्पष्ट देखिएको सहभागीको आरोप छ।

कार्यक्रममा साना व्यवसायीहरू सहभागी गराउने उद्देश्य रहेपनि अधिकांश सहभागीहरू गैर व्यवसायी रहेको एक सहभागीले जानकारी दिए।

‘कसलाई बोलाइएको हो र किन बोलाइएको हो ? भन्ने पनि थाहा भएन’, एक सहभागीले गुनासो गरे।

कार्यक्रममा फोटो खिच्ने चटारो र बजेट खर्च देखाउने शैलीले कार्यक्रमको औचित्यमै प्रश्न उठाएको छ।

कार्यक्रम तयारी, सहभागिता र छलफलको स्तर हेर्दा यो कार्यक्रम झारो टार्ने नियतले आयोजना गरिएको जस्तो देखिएको अर्का सहभागीले आरोप लगाए।

यस कार्यक्रमले आवश्यकता र सरोकारमा गहिरो छलफल नगरी केवल औपचारिकता पूरा गर्ने प्रयास गरेको जस्तो देखिएको ती सहभागीको भनाइ थियो।

स्रोतका अनुसार मन्त्रालयले सुदूरपश्चिमका अन्य जिल्लामा समेत यस्तै कार्यक्रम आयोजना गरिरहेको छ। र, कार्यक्रम छोटो गरेर फोटो सेशन गरेर समापन गरिरहेको छ।

डडेल्धुराका व्यवसायीलाई टेवा पुग्ने गरि कार्यक्रम गरिएको अमरगढी नगरपालिका रोजगार शाखाका संयोजक लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए।

निर्धारित समयभन्दा ढिलो कार्यक्रम गरिएपनि उल्लेखनीय सहभागीता रहेको उनले दाबी गरे।

सामाजिक सुरक्षा कोष तथा रोजगार प्रवद्र्धनको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र केही सहभागीले कार्यक्रम छोट्याउनुस् भनेपछि कार्यक्रम छोटो गरिएको सामाजिक विकास मन्त्रालयका रोजगार शाखाका सुब्बा चम्पा जोशीले बताइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.