विवादित वनका हाकिम राम बिचारीले हडपेको जग्गा नेकपा बहुमतको कब्जामा !

learnar

धनगढी : डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुर फेरि विवादमा तानिएका छन्।

कैलालीको भजनी नगरपालिका–९ मा रहेका एक असहाय महिलाको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको आरोप लागेपछि नेकपा बहुमत निकट युवा संगठनले उक्त जग्गा कब्जा गरेको हो।

Ird

युवा संगठनका नेता दीपेन्द्र ऐरका अनुसार ठाकुरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा कागजातमा हेरफेर गरी आफ्नो नाममा ल्याएका हुन्।

“न्यायको लागि हामीले यो कदम चाल्नुपर्‍यो,” ऐरले बताए।

Ghatal Sta

यसअघि डिभिजन वन कार्यालय, डडेल्धुरामा कार्यरत रहँदा ठाकुरमाथि योजनाहरूमा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

त्यसपछि उनलाई कार्यालयबाट स्थानान्तरण गर्दै कैलालीको पहलमानपुर पठाइएको थियो।

पहलमानपुरमा रहँदा उनले भजनीको सुकुम्बासी बस्तीमा डोजर चलाएका कारण व्यापक आलोचना खेप्नु परेको थियो।

त्यसैगरी, घोडाघोडी नगरपालिका–५ स्थित एक सामुदायिक वनमा अतिक्रमण हटाउन वन समितिले बारम्बार आग्रह गर्दा समेत बेवास्ता गरेको आरोप पनि उनीमाथि लागेको थियो।

यी सम्पूर्ण विवादसँगै ठाकुरलाई वन निर्देशनालयमा तानिएको थियो। त्यसपछि उनी  कञ्चनपुरमा कार्यरत छन्।

केही दिनअघि भने बहुमत पार्टीका कार्यकर्ताहरूले उनलाई कार्यकक्षमै मोसो दलेका थिए।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.