डडेल्धुरामा शेयर बजारसम्बन्धी एक दिने अनुशिक्षण

dream cafe
learnar

डडेल्धुरा : शेयर बजारसम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आज शनिबार डडेल्धुरामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका मुख्य प्रशिक्षक शेयर बजारका विज्ञ सुवास चन्द्र भट्टराई रहेका थिए।

GBL NEW

प्रशिक्षक भट्टराईले सहभागीहरूलाई शेयर बजारको सैद्धान्तिक तथा व्यवहारिक पक्षका बारेमा विस्तृत रूपमा प्रशिक्षण दिएका थिए।

उनले शेयर बजारलाई मानिसको दैनिक व्यवहारसँग जोड्दै लगानीको रणनीति, सम्भावित जोखिम र प्रतिफलका बारेमा जानकारी गराएका थिए।

उनका अनुसार, लहैलहैमा वा अरूको उक्साहटमा शेयर कारोबार गर्दा ठूलो क्षति हुनसक्छ। उनले सचेत र जानकार भई लगानी गरेमा सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताए।

साथै, लगानी गर्नु अघि कम्पनीको अवस्था, वित्तीय विवरण र बजार मूल्याङ्कनजस्ता विषयमा अध्ययन गर्नु आवश्यक हुने सुझाव पनि दिए।

कार्यक्रममा त्रिशक्ति सेक्युरिटिज लिमिटेड, स्टारमल, पुतलीसडक, काठमाडौँका मार्केटिङ प्रमुख दया लोहनीले बोल्दै आफूहरू देशभर वित्तीय साक्षरताका कार्यक्रम गर्दै आइरहेको र डडेल्धुराको युवापुस्तामा देखिएको उत्साहप्रति सन्तुष्टि व्यक्त गरे।

“डडेल्धुराको सहभागिता हेर्दा यहाँ शाखा खोल्ने सम्भावना देखिएको छ,” उनले भने।

त्यसैगरी, डडेल्धुरा जेसीज वर्ष २०१५ का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष लालमणी पन्तले शेयर बजार भविष्यको लागि राम्रो लगानी विकल्प भएको बताए।

उनले स्वयंले विभिन्न कम्पनीमा शेयर खरिद गरेको अनुभव पनि बाँडे।

कार्यक्रम त्रिशक्ति सेक्युरिटिज लिमिटेडको आयोजनामा र डडेल्धुरा जेसीजको सहकार्यमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता डडेल्धुरा जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी मोहन देउवाले गरेका थिए।

अनुशिक्षण कार्यक्रममा डडेल्धुरास्थित विभिन्न बैंकका प्रबन्धक, शिक्षक, व्यापारी, निर्माण व्यवसायी, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.