बोहरा मेडिको सेन्टर

देउवाको जिल्लामा प्रचण्डको ‘मर्निङ वाक’

dream cafe
learnar

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो बहुचर्चित अभियान बैतडीको पाटनबाट सुरु गर्ने तयारी पूरा गरेको छ।

तर, अभियानको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शीर्ष नेताहरू सुदूरपश्चिमको राजनीतिक सन्तुलनमा सन्देश दिन कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ‘मर्निङ वाक’ गर्दै देखिए।

CNA

कांग्रेस प्रभावशाली रहेको क्षेत्रमा माओवादी नेतृत्वको ‘शारीरिक सक्रियता’ले आगामी राजनीतिक कसरतको संकेत देखिएको छ।

GBL NEW

उद्योगमन्त्री तथा बैतडीका नेता दामोदर भण्डारीको गृहजिल्लाबाट अभियान सुरु गर्ने घोषणा गर्दै माओवादीले सुदूरपश्चिममा आफ्नो पकड बलियो पार्न खोजेको छ।

यसअघि माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि १७ वैशाखसम्म सञ्चालन गरिसकेको छ।

अब भने मध्यपहाडी लोकमार्गमा केन्द्रित अभियान दुई चरणमा सम्पन्न गरिनेछ, जुन जेठभित्रै सक्ने लक्ष्य छ ।

स्थानीय जनतासँगको प्रत्यक्ष संवाद, क्षेत्रीय सञ्जाल विस्तार र सांगठनिक पुनर्संरचनालाई प्राथमिकतामा राख्दै माओवादी केन्द्र आन्तरिक तयारीमा व्यस्त छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.