डडेल्धुरामा धामीझाँक्रीसँग अन्तरक्रिया : कुरीतिविरुद्ध जनचेतना

dream cafe
learnar

डडेल्धुरा : सामाजिक कुरीति, बालविवाह र अन्धविश्वासविरुद्ध जनचेतना फैलाउने उद्देश्यले डडेल्धुरामा धामीझाँक्री, ज्योतिष, गुरु बा र पुरोहितहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय डडेल्धुराको संयोजनमा जिल्ला सदरमुकाममा आयोजना गरिएको दुईदिने कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहबाट सहभागी परम्परागत धर्मगुरुहरूको उल्लेखनीय सहभागिता रहेको छ।

Amargadhi Education

अजयमेरु फाैजी केरा

कार्यक्रममा सहभागी धर्मगुरुहरूलाई समाजमा व्याप्त बालविवाह, अन्धविश्वास, छुवाछुत, भेदभावलगायतका कुरीति तथा गलत मान्यताविरुद्ध सचेत, जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

उनीहरूलाई यस्ता कुरीतिविरुद्ध आवश्यक जानकारी, परामर्श र व्यवहारिक दृष्टिकोणसमेत प्रदान गरिएको छ।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारी सहभागी थिए।

कार्यक्रमको सहजीकरण लुनिभा बाल सरोकार समूह डडेल्धुराले गरेको हो। यो कार्यक्रम आज र भोलिसम्म सञ्चालन हुनेछ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.