कलिलैमा अस्ताए आलितालका विवेक, प्रत्यक्षदर्शी भन्छन् : ठक्कर दिएको अटोले घिसार्‍यो

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको आलितालमा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका ४ वर्षीय बालक विवेक विकको मृत्यु भएको छ।

आज अपराह्न विकलाई आलिताल-८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको थियो।

बोहरा मेडिको सेन्टर

सडकमा हिँडिरहेका उनलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटो आलिताल-८ गोदाम नजिक बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

GBL NEW

आलिताल गाउँपालिका-४ कैनघाडीका उनी गोदाम बजारबाट आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको थिए।

ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनामा थप दुई जना घाइते भएका छन्।

घाइतेहरूको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.