सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् : बजेट निर्माणमा त्रुटि गर्ने छुट छैन

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माण प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि हुनु नहुने बताएका छन्।

प्रदेश तथा स्थानीय शासन सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रादेशिक सहयोग इकाइले धनगढीमा आयोजना गरेको आगामी नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले बजेट जनताको आवश्यकता र अपेक्षा अनुसार सही रूपमा परिचालित हुनुपर्नेमा जोड दिए।

Amargadhi Education

“बजेट निर्माणमा बारम्बार गल्ती भइरहने र जनताले सधैं गुनासो गरिरहने स्थिति दोहोरिए संघीय शासनको औचित्य नरहने खतरा हुन्छ,” मुख्यमन्त्री शाहले भने।

अजयमेरु फाैजी केरा

उनले तीन तहका सरकारबीचको सम्बन्ध मजबुत बनाउन र एकअर्काको अस्तित्व स्वीकार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

सम्बन्ध कमजोर हुनुको कारण सहकार्य र स्वीकृतिको अभाव भएको उल्लेख गर्दै मुख्यमन्त्रीले समाधान खोज्न आग्रह गरे।

त्यसैगरी, हालै सम्पन्न आफ्नो भारत भ्रमण उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले त्यसबाट प्रदेशको हितमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

कार्यक्रममा मन्त्रीहरू, विषयगत समितिका सभापतिहरू, प्रदेशसभा सदस्यहरू, नीति तथा योजना आयोगका सदस्यहरू तथा ८८ वटै पालिकाका पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.