बोहरा मेडिको सेन्टर

सर्वोच्चको आदेशपछि सुदूरपश्चिम लोकसेवा आयोगको परीक्षा स्थगित

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि आगामी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

आयोगले २०८१ फागुन २० गते प्रकाशित गरेको अधिकृत नवौं तहका अप्राविधिक तथा प्राविधिक पदहरुको बढुवासम्बन्धी विज्ञापनअनुसार वैशाख २६ गतेदेखि सञ्चालन गर्न लागिएको परीक्षा हाललाई रोकिएको छ।

CNA

शाखा अधिकृत मिना जोशीद्वारा जारी सूचनामा भनिएको छ, “सर्वोच्च अदालतको वैशाख २४ गतेको अन्तरिम आदेशअनुसार अर्को आदेश नभएसम्म परीक्षासम्बन्धी सबै प्रक्रिया यथास्थितिमा राखिनेछ।”

GBL NEW

आयोगले यसबारे सबै सम्बन्धित पक्षलाई जानकारी दिन सूचना प्रकाशन गरेको छ।

विज्ञापनअनुसार, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामान्य प्रशासनका ७ जना र राजस्व सेवाबाट १ जनालाई बढुवा गरिने थियो।

यस्तै, कार्यक्षमताको मूल्याङ्कनका आधारमा सामान्य प्रशासन र राजस्व सेवा दुवैबाट प्राविधिकतर्फ ८ जनालाई बढुवा गर्ने प्रस्ताव थियो।

आयोगले प्राविधिक तर्फका विभिन्न ३० पदका लागि ३५ जना र कार्यक्षमताका आधारमा ४९ पदमा ५० जनाका लागि आवेदन खुला गरेको थियो।

तर, सो विज्ञापनमाथि सर्वोच्च अदालतमा रिट दायर भएपछि अदालतले भोलिपल्टै परीक्षा प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको हो।

यस आदेशसँगै तयारीको अन्तिम चरणमा पुगेको परीक्षा हाललाई अनिश्चितकालका लागि स्थगित भएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.