डीआईजी डम्बरबहादुरले सम्हाले सुदूरपश्चिमको प्रहरी कमाण्ड

dream cafe
learnar

धनगढी : प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्।

उनले बुधबार प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन्।

Ird

डीआईजी बिकलाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए।

HARDIK AGRo NEw

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी बिकले सुदूरपश्चिम प्रदेशको शान्ति सुव्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए।

प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिकमैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागूऔषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैरकानुनी गतिविधिविरुद्व शून्य सहनशीलताका साथ चुस्त भएर काम गर्न डीआईजी बिकले निर्देशन दिए।

प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको थियो।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद रिक्त रहेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.