बोहरा मेडिको सेन्टर

एकै परिवार, एउटै संगठन, तीन कमाण्ड : प्रहरी सेवामा न्यौपाने दाजुभाइ

dream cafe
learnar

डडेल्धुरा : ‘सपना देख्नुस्, संघर्ष गर्नुस् र देशको सेवामा लाग्नुस्’ भन्ने मूल्यमान्यताले हुर्किएको एक परिवार, आज तीन वटा जिल्लामा शान्ति र सुरक्षाको कमाण्ड सम्हालिरहेको छ।

अछामको विकट बस्ती रामारोशन गाउँपालिकाबाट सुरु भएको एउटा असल शिक्षण यात्राले प्रहरी सेवा पेसासम्म कसरी पुग्न सक्छ भन्ने उदाहरण बनेका छन् देवानन्द न्यौपानेका छोराहरू—सिद्धराज, केशर र मुकेश।

CNA
GBL NEW

देवानन्द आफैँले ४४ वर्षको शिक्षण जीवनपछि अवकाश लिए, तर उनका शिक्षाले हुर्किएका तीन छोराहरूले देशका तीन भिन्न जिल्लामा प्रहरी अधिकृतका रूपमा नेतृत्व गरिरहेका छन्।

नेपालको दुर्गम भेगबाट हुर्किएको यो परिवार अहिले राष्ट्रिय सुरक्षाको संवेदनशील जिम्मेवारीमा छ।

जेठा छोरा सिद्धराज पूर्वप्रधानमन्त्री प्रचण्डका पीएसओ, माइलो केशर सल्यान जिल्ला प्रहरी प्रमुख, र कान्छा मुकेश रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.