कैलालीमा खड्काको सुन तस्करीमा डीएसपी थापाको भूमिकामाथि शंका !

dream cafe
learnar

कैलाली : लामो समयदेखि प्रहरी प्रशासनको संरक्षणमा खुलेआम कारोबार गर्दै आएका अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का अन्ततः प्रहरीको फन्दामा परेका छन्।

भारतबाट चोरी गरी ल्याइएको सुनसहितको गिरोहसँग सम्बन्ध भएको आशंकामा खड्कालाई आइतबार इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले पक्राउ गरेको हो।

GBL NEW

खड्काको पक्राउलाई सामान्य कारबाहीभन्दा पनि गम्भीर प्रश्नका रूपमा हेरिएको छ।

किनभने उनी यसअघि मालाखेतीका तत्कालीन प्रहरी प्रमुख गंगा बहादुर थापासँग निकै नजिक थिए।

प्रहरी स्रोतअनुसार, खड्काले थापालाई व्यक्तिगत सवारीमा घुमाउने, स्वागत–सत्कार गर्ने जस्ता गतिविधिबाट निकटता बनाएका थिए।

तर, डीएसपी थापा सरुवा भएपछि मात्र खड्कामाथि अनुसन्धान र पक्राउ प्रक्रिया अगाडि बढाइएको छ।

यसले प्रहरी प्रशासनभित्रको मिलेमतो, संरक्षण र शक्तिको प्रयोगमार्फत अपराध लुकाउने प्रयास भएको शंका थप गहिरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.