बोहरा मेडिको सेन्टर

एआई वोर्कशपपछि सुदूरपश्चिममा एआई सेन्टर स्थापनाको माग

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका सांसद डा. तारा प्रसाद जोशीको सचिवालयको आयोजनामा धनगढीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तीनदिने वर्कशप सम्पन्न भएको छ।

वर्कशपमा क्षेत्रका तीन प्रमुख शिक्षालयमा अध्ययनरत करिब एकसय विद्यार्थीले सहभागिता जनाएका छन्।

CNA

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस (KMC), सुदूरपश्चिमाञ्चल क्याम्पस (SPA) र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (NAST) अन्तर्गत बीआईएम (BIM) संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रम बैशाख १८ देखि २० गतेसम्म सञ्चालन भएको हो।

GBL NEW

कार्यक्रममा सांसद ड जोशीले एआई प्रविधिको प्रयोग केवल प्रविधि क्षेत्रसम्म सीमित नरहेर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा, सुरक्षा तथा प्रशासनमा समेत प्रयोग हुन सक्ने बताउँदै विद्यार्थीहरूलाई एआई क्षेत्रमा करिअर बनाउनेतर्फ प्रेरित गर्न आह्वान गरेका थिए।

उनले बजेट कार्यकर्तामुखी बनाउने प्रवृत्तिबाट बाहिर निस्केर एआईजस्ता आधुनिक प्रविधिमा लगानी गर्न सके दिगो सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने धारणा व्यक्त गरे।

वर्कशपको समापन सत्रमा सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेश सांसदहरू र प्रदेश सचिवको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थी र प्रशिक्षकहरूले प्रदेशमै एआई सेन्टर स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका एआई विभाग प्रमुख डा. यज्ञराज पाण्डेयसहितका एआई इञ्जिनियरहरूबाट प्रशिक्षण प्रदान गरिएको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.