बोहरा मेडिको सेन्टर

विद्यार्थीलाई एआईतर्फ उन्मुख गराउँदै सांसद जोशी, धनगढीमा सेमिनार

dream cafe
learnar

डडेल्धुरा : “Artificial Intelligence for Development” भन्ने विषयमा केन्द्रित तीन दिने सेमिनार धनगढीमा सुरु भएको छ।

१८ गतेदेखि सुरु भएको उक्त सेमिनार २० गतेसम्म सञ्चालन हुनेछ।

CNA

सेमिनारमा कैलाली बहुमुखी क्याम्पस (KMC), सुदूरपश्चिमाञ्चल क्याम्पस (SPA) र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ( NAST) अन्तर्गत व्याचलर अफ इन्फोर्मेशन म्यानेजमेण्ट (BIM) संकायमा अध्ययनरत ५१ जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको सचिवालयको आयोजनामा सुरु गरिएको हो।

GBL NEW

उद्घाटन सत्रमा डा. जोशी स्वयं अध्यक्ष रहेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की रहेका थिए।

सांसद जोशीले विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो भूमिकाबारे प्रकाश पारे।

उनले एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षादेखि स्वास्थ्य, कृषि, सुरक्षा र प्रशासनसम्म फैलिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो करिअर सम्भावना रहेको र विद्यार्थीहरूलाई यसतर्फ आकर्षित हुन आह्वान गरे।

कार्यशालामा कृत्रिम बुद्धिमत्ता (एआई) को विकास, सामाजिक तथा प्राविधिक प्रयोग, र नीति निर्माणमा प्रयोगका सम्भावनाहरूका विषयमा विद्यार्थी र विज्ञहरूसँग अन्तरक्रिया हुँदैछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.