भीम रावल भन्छन् : एमाले अछाम अधिवेशन ‘टिके चलनको निकृष्ट नमुना’

dream cafe
learnar

डडेल्धुरा : पूर्वएमाले नेता भीम रावलले नेकपा एमाले अछामको जिल्ला अधिवेशनमा भएको निर्विरोध नेतृत्व चयनप्रति आक्रोश व्यक्त गरेका छन्।

एमालेबाट निष्कासित भइसकेका रावलले उक्त अधिवेशनलाई ओलीवादको चरम रूप भन्दै आलोचना गरेका हुन्।

Amargadhi Education

वैशाख १३ गतेदेखि १६ गतेसम्म सम्पन्न अधिवेशनले शिवप्रसाद उपाध्यायलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो।

वैशाख १४ गतेदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलले सबै पदाधिकारी र सदस्यहरूलाई निर्वाचनबिनै सर्वसम्मत रूपमा चयन गरेको थियो।

अजयमेरु फाैजी केरा

अध्यक्ष मण्डलमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा, केन्द्रीय सदस्य यज्ञ बोगटी, कमल तिमिल्सिना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र पशुपति कुँवर थिए।

प्रारम्भमा उम्मेदवारहरू धेरै भएपछि निर्वाचन हुने बताइएको थियो, तर अध्यक्ष मण्डलको अडानपछि सहमतिबाटै नेतृत्व चयन गरिएको हो।

निर्वाचित टोलीमा शिवप्रसाद उपाध्याय अध्यक्ष, तिलक कुँवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, र टोपबहादुर शाही तथा गौमती शाही उपसचिव बनेका छन्।

यसप्रति प्रतिक्रिया जनाउँदै रावलले सामाजिक सञ्जालमा लेखेका छन्, “जनताको बहुदलीय जनवादलाई बामाले ओलीवादमा च्युत गरिएको पछिल्लो भद्दा उदाहरण अछाम जिल्ला अधिवेशनमा तीन दिनसम्म चुनावको प्रक्रिया हुन नदिएर अन्तमा चारजनाले स्वेच्छाचारी किसिमले पदाधिकारी र सदस्यहरूको नाम सुनाएको घटनामा छताछुल्ल भएको छ। टिके चलनको निकृष्ट नमुना!”

भीम रावललाई एमालेले २०८१ पुस १० गते पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

त्यसयता उनले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका छन् भने एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति निरन्तर आलोचनात्मक धारणा राख्दै आएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.