बोहरा मेडिको सेन्टर

अजयमेरुमा कृषि तथा पशुपन्छि सेवा केन्द्र उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा कृषि तथा पशुपन्छि सेवा केन्द्रको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत आर्थिक कोरिडोर कार्यालय, डडेल्धुराले निर्माण गरेको उक्त भवनले कृषक र पशुपालकहरूलाई एउटै छानामुनि सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

CNA

कार्यक्रममा आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले देशका ७७ पालिकामा यस्ता कार्यक्रम सञ्चालन भइरहेकाले यो कदम अजयमेरुको प्रगतिमा इट्टा थप्ने काम भएको बताए।

उनले कृषि र पशुपन्छि क्षेत्रलाई देशको आर्थिक विकासको मेरुदण्डका रूपमा औँल्याउँदै सेवा प्रभावकारी बनाउन भवन निर्माणसँगै आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको जानकारी दिए।

सिनर्जी बिल्डर्स प्रालिसँग २०७७ साल मंसिर ६ गते सम्झौता भई २०८१/८२ मा निर्माण सम्पन्न भएको हो।

GBL NEW

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना  आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका कार्यालय प्रमुख पशुपति नाथले सुदूरपश्चिमका कञ्चनपुरदेखि दार्चुलासम्मका १० पालिकामा यस्ता सेवा केन्द्रहरू सञ्चालनमा ल्याइएको बताउँदै बीउ, बिजन, विषादी तथा जनावरको रोग पहिचानजस्ता आधुनिक र वैज्ञानिक सेवा प्रदान गरिने बताए।

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले सेवा केन्द्रले भागेश्वर र बैतडीका नागरिकलाई समेत सेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले पालिकाले उत्पादन वृद्धिका लागि प्रत्येक वडामा कृषि र भटेरिनरी सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

दूध, अण्डा र तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित कार्य भइरहेको बताउँदै, खसी बिक्री गर्न समस्या भएकाले व्यवसायीहरू निराश भएको बताए।

उनले पालिकामा कृषि एम्बुलेन्ससमेत सञ्चालन गरिएको उल्लेख गरे।

यस कार्यक्रमले अजयमेरु गाउँपालिकामा ग्रामीण उद्यम प्रवर्द्धन र आर्थिक विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास लिइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.