बोहरा मेडिको सेन्टर

अजयमेरुमा पशु स्वास्थ शिविर, कुकुरदेखि भैंसीसम्मको उपचार

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका, डडेल्धुराको पशु शाखाले आयोजना गरेको पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ।

आज (शनिबार) भएको एकदिने शिविरमा गाई, गोरु, भैँसी, बाख्रा र कुकुरले विभिन्न उपचार सेवा प्राप्त गरेका हुन्।

CNA

पशु स्वास्थ्य प्रवर्द्धन र किसानको जीवनस्तर सुधारका लागि आयोजित शिविरमा परजीवी नियन्त्रण, प्राथमिक उपचार, सल्लाह सुझाव, खोप तथा रेबीज नियन्त्रणजस्ता सेवाहरू उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

GBL NEW

उनका अनुसार शिविरमार्फत ६१९ वटा पशुमा परजीवी नियन्त्रण, ४५ वटा पशुमा बन्ध्याकरण, ७३४ पशुको प्राथमिक उपचार, ६६ कुकुरमा रेबीज खोप तथा २१४ वटा पशुमा पीपीआर खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

पशु सेवा विवरण अनुसार बाख्रा ९४५, गाई ७९, गोरु ६५, भैँसी १३२ र कुकुर ६६ वटा रहेका थिए।

शिविरको सफलताले किसानहरूमा उत्साह थपेको छ भने भविष्यमा अझ व्यापक सेवा विस्तार गर्ने गाउँपालिकाको योजना रहेको पशु शाखाले जनाएको छ।

स्थानीय किसानहरूका अनुसार यस्तो शिविरले पशुपालन व्यवसायमा नयाँ ऊर्जा थपिएको छ।

अजयमेरु गाउँपालिकाले आगामी दिनमा पनि गाउँगाउँमा पुगेर सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.