१६ वर्षमै विवाह, ९ वर्षअघि डिभोर्स- पबीको खुलासा : ‘सुसाइड गर्ने कोसिस गरेँ’

dream cafe
learnar

डडेल्धुरा : टिकटकर तथा अभिनेत्री मिस पबी (पवित्रा साँकी) ले आफ्नो विवाह तथा सम्बन्ध विच्छेद भएको खुलासा गरेकी छन्।

मिस पबीले ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै पहिलोपटक आफ्नो विवाह र डिभोर्सका विषयमा मुख खोलेकी हुन्।

GBL NEW

उनले १६ वर्षकै कलिलो उमेरमा विवाह भएको र केही समयपछि डिभोर्स गरेको उनले बताएकी छन्।

९ वर्षअघि डिभोर्स भएको सुनाउँदै उनले यसकै पीडाले कतिपटक आत्महत्याको प्रयाससमेत गरेको उल्लेख गरेकी छन्।

‘मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो। म एक्सपोज गर्न चाहनन्थेँ यो कुरा, अहिले पनि होइन नै भन्छु, किनकि कानुनी रूपमा केही भएको थिएन। सबै इलिगल कुराहरू हो। म कसैलाई पनि नराम्रो भन्न चाहन्नँ’ उनले भनेकी छन्, ‘राम्रो हुन्छ केही समयपछि भन्ने थियो। लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ। बच्चा उमेरमा भएको घटना हो। अहिले धेरै कुरा  बुझेँ। त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ। कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ।’

उनले अगाडि भनेकी छन्, ‘मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ। तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन। केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ। म बच्चै थिएँ। कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे। मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे। म त्यो समाजका लागि नराम्रो भएँ। स्कुलमा पनि मेरा साथी कोही भएनन्। अहिले सोच्दा एउटा दशा कट्योजस्तो लाग्छ। मनभित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ। कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ। मलाई नै थुकेको हो जस्तो लाग्छ। विगतको घटनामा मलाई रिग्रेट छैन। लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ। डिभोर्स भयो भनेर त्यसमै रोइकराइ गरिरहने कुरा आएन। त्यहाँबाट अगाडि बढ्नु नै पर्छ।’

 

Ddl dental
Leave A Reply

Your email address will not be published.