सुदूरपश्चिममा कार्यरत १० डीएसपीको सरुवा, को कहाँ ?

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यालयमामा कार्यरत १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।

बुधबार प्रहरी प्रधान कार्यालयले देशभर १२१ डीएसपीको सरुवा गर्ने निर्णय गरेको थियो।

Amargadhi Education

जसमा सुदूरपश्चिममा कार्यरत १० जना डीएसपीहरु पनि परेका हुन्।

सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी उमेश जोशीको पश्चिम नवलपरासी सरुवा भएको छ।

उनलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय काठमाडौं पठाइएको छ।

उनको स्थानमा इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट सागर बोहरालाई पठाइएको छ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराको इलाका प्रहरी कार्यालय राजापुर बर्दिया सरुवा भएको छ।

उनको स्थानमा प्रहरी प्रधान कार्यालयबाट राजकुमार सिंहलाई सरुवा गरिएको छ।

अजयमेरु फाैजी केरा

यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय बजेट शाखामा कार्यरत कमलराज पण्डितको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट सुर्यबहादुर बोगटीलाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सरुवा भएको छ भने उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत दीपेन्द्रकुमार पाललाई खटाइएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा भने काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट आयुशप्रसाद जोशी आउने भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भई इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डीएसपी गंगाबहादुर थापाको गण्डकी प्रदेश प्रहरी गणमा सरुवा भएको छ।

उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलबाट सरुवा भएका रणबहादुर चन्दलाई सरुवा गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी सुरजबहादुर खड्काको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल सरुवा भएको छ।

उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कमलकुमार खड्कालाई सरुवा गरिएको छ।

नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत बीरदत्त पन्तको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सरुवा भएको छ।

उनको स्थानमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट दयाकृष्ण भट्ट आउने भएका छन्।

यसैगरी, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डीएसपी दिलिपकुमार गिरीको सर्वोच्च र विशेष अदालत समन्वय तथा सुरक्षि प्रहरी इकाइ काठमाडौं सरुवा हुँदा उनको स्थानमा राष्ट्रिय सुरक्षा परिषद्वाट इकबाल हवारी पठाइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.