बोहरा मेडिको सेन्टर

डोटीका गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

dream cafe
learnar

डोटी: डोटीका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ।

जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन्।

CNA

उक्त गाउँपालिका–४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको अर्थिक सहयोग तथा जीआईजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो।

अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको उद्यम विकास शाखा प्रमुख भूपेन्द्रबहादुर बोहराले जानकारी दिए।

यहाँका १५ जना महिला मिलेर अल्लो प्रशोधन तथा कपडा बन्नमा जुटेका उनले बताए।

GBL NEW

गाउँपालिका अध्यक्ष भैरव साउदले पछिल्लो समय अल्लोको धागो र कपडाको माग उच्च रहेकाले पालिकाले आवश्यक सहयोग गरेको बताए।

अल्लोको कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरी यस कार्यमा लाग्न सहजीकरण गरिएको उनले बताए।

गाउँपालिकाकी उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताइन्।

यस व्यवसायलाई पूर्णकालीन बनाउँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उनको भनाइ छ।

गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको आधार बन्न थालेको उद्यमी तुल्सी बुढामगरले बताइन्।

उनले यस कार्यको दीगो व्यवस्थापनका लागि आफूहरू जुटेको र यसमा सरोकार भएका निकायले पनि थप प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.