तीनकुने घटनाबारे राप्रपा डडेलधुराको ध्यानाकर्षण, ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

dream cafe
learnar

डडेलधुरा : गत चैत १५ गते काठमाडौंको कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा भएको हिंसा र पत्रकारमाथि गरिएको आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेलधुरा जिल्ला कार्य समितिले गम्भीर आपत्ति जनाएको छ।

आज पार्टीले डडेल्धुराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग ६ बुँदे माग राखेको छ।

GBL NEW

पार्टीका अध्यक्ष राजेन्द्र भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ कि राष्ट्रगान गाएर शान्तिपूर्ण रूपमा सभा गरिरहेका प्रदर्शनकारीमाथि प्रशासनले बलपूर्वक हस्तक्षेप गर्दै अश्रुग्यास प्रहार र गोली प्रहार समेत गरेको थियो। जस कारण पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु तथा अन्य व्यक्तिहरू घाइते भएका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकमाथि गोली चलाउनु राज्य हिंसाको चरम उदाहरण हो।”

साथै पार्टीले घटनाको जिम्मेवारी लिन गृहमन्त्रीको राजीनामा र प्रहरी–प्रशासनको भूमिकामाथि छानबिन गर्न माग गरेको छ।

राप्रपा डडेलधुराले घटनालाई मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा लिँदै नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हमलाको रूपमा व्याख्या गरेको छ।

ज्ञापनपत्रमार्फत राखिएका ६ बुँदे मागहरू निम्नानुसार छन्:

१. पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग तथा नागरिक समाजको सहभागिता रहेको स्वतन्त्र छानबिन आयोग गठन,
२. घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीको राजीनामा र चैत १५ गतेको घटनामा संलग्न प्रहरी तथा प्रशासनिक नेतृत्वको निलम्बन,
३. मृतक सविन महर्जन र पत्रकार सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था,
४. झुठा मुद्दा खारेजी र निर्दोषको रिहाइ,
५. घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था,
६. पार्टीले पेश गरेका ४० बुदे मागउपर नविन समझदारीका लागि बार्ता टोली गठन।

पार्टीले चेतावनी दिँदै भनिएको छ, “सरकारले यदि घटनालाई हल्का रूपमा लिने हो भने यसले लोकतान्त्रिक प्रणालीमाथि गम्भीर प्रश्न खडा गर्नेछ।”

Ddl dental
Leave A Reply

Your email address will not be published.