कैनी हत्या प्रकरण : पूर्व सशस्त्र प्रहरी पक्राउ, यस्तो छ घटनाको नालीबेली

dream cafe
learnar

डडेल्धुरा : कैलालीको अत्तरियामा चैत २७ गते बिहान एक युवक मृत भेटिएको घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरेको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाले आफैंले नेतृत्व गरी अनुसन्धान गर्दा अभियुक्त पत्ता लगाउन सफल भएको बताए।

Amargadhi Education

मृतक ३५ वर्षीय जगदीश कैनी डडेलधुराको अमरगढी नगरपालिका-७ तिलाडीका बासिन्दा थिए।

अभियुक्त हेमन्त बोहरा बैतडीको डिलाशैनी गाउँपालिका निवासी हुन् र पूर्व शसस्त्र प्रहरी समेत हुन्।

उनी अत्तरियाका विभिन्न होटलमा काम गर्दै आएका थिए।

घटनाको पृष्ठभूमि:

जिल्ला प्रहरी कार्यालयका अनुसार, बोहरा मृतक कैनीसँगै अत्तरियामा सडक पेटीमा बस्दै आएका थिए।

प्रारम्भिक चरणमा प्रहरीले घटनामा माओवादीका पूर्व लडाकु समेत रहेका ‘लामा’ थरका एक अपांग पुरुषसहित तीन जनालाई पक्राउ गरेको थियो।

तीमध्ये शारीरिक अपांगता भएका लामाले आफूले हत्या गरेको बयान दिएका थिए।

तर, उनले दिएको विवरणसँग मेल खाने प्रमाण फेला नपरेपछि अनुसन्धान नयाँ दिशातर्फ मोडिएको थियो।

हत्या कसरी भयो?

अजयमेरु फाैजी केरा

चैत २६ गते अपरान्ह बोहरा एक महिलासँग अत्तरियास्थित बन कार्यालय पछाडि रहेको होटलमा मदिरा सेवन गर्छन्।

पछि ती महिला मदिराको बोत्तलसहित ॐ शान्ति भवनको पर्खालतर्फ जान्छिन्, र बोहरा पनि त्यहीँ पुग्छन्।

त्यसपछि दुर्गा मन्दिर पुग्दा मृतक कैनी मन्दिरमै सुतिरहेका हुन्छन्। बोहरा पनि त्यहीँ सुत्छन्।

राति बोहरा उठेर बजारतर्फ गएका थिए र मदिरा किन्न गएर पुनः मन्दिर फर्किए। केही समयपछि उनी फेरि निदाउँछन्।

तर, रातको कुनै बेला निन्द्रा खुल्दा खल्तीमा रहेको ४ सय रुपैयाँ हराएको थाहा पाउँछन्। उनले अघिल्लो दिन मन्दिरमै झोला पनि हराएको प्रहरीलाई बताएका छन्।

पैसा हराएको आशंकामा संगै सुतिरहेका कैनीमाथि ढुंगा प्रहार गरे।

कैनीको कुनै प्रतिक्रिया नआएपछि उनले उनलाई घिसार्दै नयाँ मन्दिरतर्फ लगे र पुनः टाउकोमा ढुंगाले हिर्काएर हत्या गरे।

हत्या पछि…

घटनापछि बोहरा केही दिन अत्तरियाको बाह्रगाउँ होटल र धनगढीको चौलानी होटलमा काम गर्दै लुकेका थिए।

प्रहरी अनुसन्धानकै क्रममा उनको तस्वीर सार्वजनिक गरिएको थियो।

वैशाख ३ गते एक स्थानीय महिलाको सूचनाका आधारमा शिबिर पछाडि मदिरा सेवन गरिरहेकै अवस्थामा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले वैशाख ४ गते पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्दै घटनाको सम्पूर्ण विवरण प्रस्तुत गरेको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.