बोहरा मेडिको सेन्टर

अन्ततः एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलले फिर्ता गरे सरकारी गाडी

dream cafe
learnar

डडेल्धुरा: नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार आफूसँग प्रयोगमा रहेको सरकारी गाडी फिर्ता गरेका छन्।

उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाडी बुझाएका हुन्।

CNA

प्रदेश सरकारले संसदीय दलका नेताका रूपमा रावललाई गाडी उपलब्ध गराएको थियो।

तर नियम विपरित सरकारी गाडी प्रयोग गरेको आरोप लागेपछि उनले उक्त गाडी फिर्ता गरेका हुन्।

GBL NEW

रावलले भने, “सत्तापक्षीय संसदीय दलका नेतालाई गाडीको सुविधा दिने ऐनमा व्यवस्था रहेकाले गाडी लिएको हुँ।”

उनले ऐनमा प्राविधिक त्रुटी रहेको स्वीकार गर्दै, सरकारकै आग्रहमा गाडी प्रयोग गरेको तर कुनै दबाब नदिएको स्पष्ट पारे।

केही सञ्चार माध्यममा रावलले आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई धम्की दिएको र दबाब दिएको आरोप सहित समाचार प्रकाशित भएका थिए।

तर रावलले ती आरोप अस्वीकार गर्दै आफूलाई बदनाम गर्ने षड्यन्त्र गरिएको आरोप लगाए। “मेरो चरित्र हत्या गर्न खोजिएको छ,” रावलले भने।

मन्त्री सार्कीले समेत रावलले धम्की वा दबाब दिएको भन्ने कुरा असत्य भएको स्पष्ट पार्दै, गाडी सुविधा ऐनअनुसार लिइएको पुष्टि गरे।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.