श्रीमतीलाई जिस्क्याएपछि भयो दुर्गा मन्दिरमा डडेल्धुराका कैनीको विभत्स हत्या

तीनजना पक्राउ

dream cafe
learnar

डडेल्धुरा : कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा हत्या गरिएका ३५ वर्षीय जगदीश कैनी सडक पेटीमा बस्दै आएका व्यक्ति भएको खुलेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनी अत्तरिया क्षेत्रमा मागेर गुजारा चलाउने र दुर्गा मन्दिर परिसरमै सुत्ने गर्थे।

GBL NEW

प्रहरी स्रोतका अनुसार उनी मन्दिरमै सुतेका बेला टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको हो।

शव मन्दिरको पछाडि घिसारिएको अवस्थामा गत चैत २७ गते बिहान भेटिएको थियो। घटनामा संलग्न आशंकामा दुई पुरुष र एक महिला पक्राउ परेका छन्।

ती मध्ये एक अपांग पुरुष र महिला पूर्व माओवादी लडाकु हुन् र आफूलाई श्रीमान-श्रीमतीको रूपमा चिनाउँथे।

पक्राउ परेका पुरुषले कैनीले आफ्नो श्रीमतीलाई जिस्क्याउने, अपांगता देखेर होच्याउने र पैसा चोर्ने गरेको आरोप लगाउँदै हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।

प्रहरीले बरामद गरेका आरोपीतका लुगामा रगत समेत लागेको भेटिएको छ। तर, कैनी पनि अपांग भएकाले एक जनाले मात्र हत्या गर्नु शंकास्पद रहेको प्रहरी बताउँछ।

घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीले अनुसन्धान गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.