अत्तरियामा भेटिएको शव डडेल्धुराका युवकको, हत्यारा खोज्दै प्रहरी

dream cafe
learnar

डडेल्धुरा : कैलालीको अत्तरियामा शव फेला परेको घटनामा मृतकको सनाखत भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरिया चौराहनजिकै रहेको दुर्गा मन्दिर परिसरमा गत बुधबार फालिएको अवस्थामा फेला परेको शव डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीस कैनीको भएको पुष्टि भएको हो।

GBL NEW

मृतकका दाजु राम कैनीले शवको सनाखत गरेका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गंगा बहादुर थापाका अनुसार, हालसम्म हत्यामा संलग्न व्यक्तिहरूको पहिचान हुन नसके पनि अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको छ।

प्रहरीका अनुसार मृतक कैनी केही समयदेखि परिवारको सम्पर्कमा नरहेका कारण शवको पहिचानमा ढिलाइ भएको हो।

घटनाको प्रकृति र शवको अवस्था हेर्दा हत्या योजनाबद्ध देखिने प्रहरीले अनुमान गरेको छ।

स्थानीयहरू भने मन्दिर परिसरजस्तो भीडभाड हुने स्थानमा यसरी शव फालिनु अस्वाभाविक भएको भन्दै सुरक्षामा प्रश्न उठाउँदै आएका छन्।

घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक भइसकेको छैन भने प्रहरीले प्राप्त सूचनाका आधारमा अनुसन्धानको घेरो फराकिलो बनाइरहेको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.