
जाेगबुडा, डडेेल्धुरा : त्रिबेणी बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियु निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।
बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत तेजबहादुर साउदले जानकारी दिए।
निर्वाचन समितिका अनुसार महिला मतदाता २३७ र पुरुष मतदाता ६४ गरी जम्मा ३०१ मत खसेका छन्।

निर्वाचन समितिका सदस्य सचिव तथा प्रवक्ता राजेन्द्र थापाका अनुसार आजै बेलुका ५:३० बजेदेखि मतगणना सुरु गरिने तयारी अन्तिम चरणमा पुगेको छ।
मतगणना स्थलमा सिसी क्यामेरा जडानका साथै तारजालीले सुरक्षित बनाइएको छ, जसले पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
निर्वाचनमा सभापतिको उमेदवारका रूपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) तर्फबाट प्रकाश अवस्थी र अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको साझा प्यानलबाट भोज लुहार प्रतिस्पर्धामा छन्।
