यी हुन कक्षा ५ को वार्षिक परिक्षामा नील खाने अमरगढीका दुई स्कुल

चिरकिट्टे र दुमडाको शतप्रतिशत नतिजा

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा ५ का विद्यार्थीहरूको वार्षिक परीक्षा २०८१ को नतिजा सार्वजनिक गरिएको छ।

अमरगढी नगरपालिकाले शुक्रबार नगरका २० सामुदायिक विद्यालयको नतिजा सार्वजनिक गरेको हो।

बोहरा मेडिको सेन्टर

सार्वजनिक नतिजा अनुसार २९६ जना परीक्षार्थीमध्ये ४ जनाले परीक्षा दिन सकेनन् भने २९२ जना विद्यार्थीले परीक्षा दिएका छन्।

परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या १२२ रहेको छ भने १६१ जना अनुत्तीर्ण भएका छन्।

यसरी हेर्दा उत्तीर्ण दर ४१.७८ प्रतिशत मात्र रहेको छ, जसले नगरपालिकाका विद्यालयहरूको शिक्षाको गुणस्तर सुधार गर्न थप प्रयास आवश्यक रहेको संकेत गर्छ।

GBL NEW

ग्रेड वृद्धि परीक्षाको लागि ४९ जना विद्यार्थी योग्य भएका छन्, जसको माध्यमबाट उनीहरूले पुनः परीक्षा दिएर उत्तीर्ण हुने अवसर पाउनेछन्।

दुई विद्यालय नील
अमरगढी नगरपालिकाका दुई विद्यालय भने नील खाएका छन्।

नील खानेमा आदर्शमणिलेक प्रावि लडसेरा र महेश्वरी प्रावि निदाल गाउँ रहेका छन्।

लडसेरामा ५ जना र निदालगाउँमा १० जना विद्यार्थी रहेकोमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

दुई विद्यालयको नतिजा शतप्रतिशत
गणेशमान स्मृति प्रावि दुमडा र सिद्वनाथ आवि चिरकिट्टेको नतिजा शतप्रतिशत आएको छ।

दुमडामा ६ जना विद्यार्थी र चिरकिट्टेमा ३ जना विद्यार्थी रहेकोमा सबै उत्तीर्ण भएका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.