बैतडीका वकिल चन्दबिरुद्ध पक्राउ पुर्जी, न्यायाधीशलाई पैसा खुवाउन गरेका थिए डिल

dream cafe
learnar

काठमाडौं : न्याय दिलाउनका निम्ति लड्छु भन्दै कालोकोट भिरेर हिँड्नेहरूले नै गलत काम गरेको पाइएको छ।

एक वरिष्ठ अधिवक्ताले लाखौं रकम खाएर उल्टै मुद्दा बिगारिदिएको भन्दै पीडितहरु प्रहरीकहाँ पुगेका छन्।

बोहरा मेडिको सेन्टर

ती वरिष्ठ अधिवक्ताविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ। बैतडी घर भई काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्दै आएका त्रिलोकबहादुर चन्दविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको खुलेको छ।

२०५९ सालदेखि वकालती पेशामा रहेका चन्द हाल फरार छन्। जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराइदिन्छु भन्दै गिरी थरका व्यक्तिबाट १४ लाख रुपैयाँ बुझेका थिए।

GBL NEW

विपक्षी वकिल, न्यायाधीशलाई पैसा खुवाउनुपर्छ भनेर लाखौं रुपैयाँ लिएका उनले मुद्दा बिगारिदिएपछि गिरीले पैसा फिर्ता मागे।

पटकपटक पैसा फिर्ताका लागि दबाब दिएपछि चन्दले बल्लतल्ल गत असार २४ गते एनएमबी बैंक, पुतलीसडक शाखाको चेक दिए।

तर, चेक नसाटिएपछि चन्दविरुद्ध बैंकिङ कसूरको मुद्दा दायर गरिएको छ।

उनले प्रमाण नष्ट गर्न सक्ने कारण देखाउँदै जिल्ला प्रहरी कार्यालय, पर्साले गत कात्तिक २५ गते अनुमति मागेबमोजिम अदालतले सोही दिन पक्राउ पुर्जी जारी गरेको छ।

त्यसयता अधिवक्ता चन्द बेपत्ता छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.