बोहरा मेडिको सेन्टर

चुरेले चुम्यो सुदूरपश्चिम अन्तर पालिकास्तरीय महिला भलिबलको उपाधि

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका कैलालीले चुमेकाे छ।

आज (आइतबार) भएको फाइनल खेलमा नाैगाड गाउँपालिका दार्चुलालाई हराउँदै चुरेले उपाधि चुमेको हो।

CNA

चुरेले फाइनलमा नाैगाडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए।

GBL NEW

ठगुन्नाका अनुसार उपाधि जितेको चुरेले एकलाख एकसय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय भएको नाैगाडले ५१ हजार एकसय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

अमरगढी नगरपालिका डडेल्धुरालाई हराउँदै परशुराम नगरपालिका तृतीय भयो।

उसले २५ हजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष ठगुन्नाले बताए।

जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको थियो।

प्रतियोगितामा डडेल्धुराका तीन, बैतडी, दार्चला र कैलालीका एक/एक गरी ६ टिमको सहभागिता रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.