बोहरा मेडिको सेन्टर

पत्रकार रजकको हत्याविरुद्ध डडेल्धुरामा शोक सभा तथा विरोध प्रदर्शन

dream cafe
learnar

डडेल्धुरा : पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा डडेल्धुरामा शोक सभा तथा विरोध कार्यक्रम गरिएको छ।

पत्रकार महासंघ, शाखा डडेल्धुराको आयोजनामा  विरोध प्रदर्शन गरिएको हो।

CNA

पत्रकार महासंघ शाखा, डडेल्धुराको कार्यालय तुफानडाँडाबाट कालोपट्टीसहित बिरोध र्याली बसपार्क हुँदै भीमदत्त चोकमा कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीकाे माग गरेका छन्।

उनले पत्रकार सुरेशमाथि नियोजित आक्रमण भएको आरोप लगाउँदै यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गराएको बताए।

GBL NEW

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य उत्तरसिंह बिष्टले पत्रकारहरूमाथि भइरहेका आक्रमणले लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसमाथि खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका निवर्तमान कोषाध्यक्ष राम धामीले पत्रकारिता पृष्ठभूमिबाट आएका गृहमन्त्री रमेश लेखकलाई पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम चाल्न आग्रह गरे।

उनले भने, “पत्रकारहरू जनताको आवाज हुन्। उनीहरूमाथि हुने आक्रमण सम्पूर्ण समाजमाथि हुने आक्रमण हो। सुरेश रत्नको न्यायका लागि हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ।”

पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष मानबहादुर साउदले पत्रकार हिंसाको विपक्षमा रहेको बताउँदै दोषीलाई कारबाही गर्नुपर्ने बताए।

एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको हिजो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।

कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए। सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए।

सोही क्रममा जलेर उनको मृत्यु भएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.