बोहरा मेडिको सेन्टर

निःशुल्क प्रजनन स्वास्थ्य शिविर संचालन

पहिलो दिनमा तीन जनाले सेवा लिए

dream cafe
learnar

डडेल्धुराः डडेल्धुरामा पाठेघर खस्ने समस्याको निःशुल्क तीनदिने शल्यक्रिया शिविर सुरु भएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा डडेल्धरा अस्पतालसँगको समन्वयमा शिविर शनिबारदेखि सुरु भएको हो।

CNA
GBL NEW

वार्षिक स्वीकृत कार्यक्रम अनुसार पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर डडेल्धुरा अस्पतालमा सुरु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर बहादुर साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो दिनमा तीन जनाको शल्यक्रिया गरिएको छ। भोली अर्थात असार २४ गते ४ जनाको शल्यक्रिया गरिँदैछ। डाक्टर जगदिश विष्टले शल्यक्रिया गरि रहनु भएको छ । उक्त शिविर असार २५ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.