पत्रकार महासंघको स्थापना दिवसको अवसरमा डडेल्धुरामा नसर्ने रोगको निःशुल्क परीक्षण

dream cafe
learnar

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले नसर्ने रोगहरूको निःशुल्क परीक्षण (स्क्रिनिङ) कार्यक्रमको आयोजना गर्ने भएको छ।

शनिबार आफ्नो ७०औं स्थापना दिवसको अवसर पारेर नसर्ने रोगहरूको निःशुल्क परीक्षण (स्क्रिनिङ) गर्ने भएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

अध्यक्ष हिक्मतबहादुर सिंहका अनुसार नेपाल पत्रकार महासंघको कार्यालय डडेल्धुरामा भोलि (चैत १६) गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य कार्यालय डडेल्धुराको समन्वयमा हुने कार्यक्रममा बडी मास इन्डेक्स (बिएमआई), रक्तचाप, मधुमेह, मृगाैला र  महिलाको पाठेघरको मुखको स्क्रिनिङ सेवाहरू उपलब्ध गराइने अध्यक्ष सिंहले जानकारी दिए।

सेवाग्राही ३० वर्षमाथिको हुनुपर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा डडेल्धुरा हाईवयर ब्यवसायी संघ र डडेल्धुरा जेसीज वर्ष २०२५ को सहकार्य रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.