बोहरा मेडिको सेन्टर

डडेल्धुराको गन्यापधुराका इन्जिनियर खातीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, के हो कारण ?

dream cafe
learnar

डडेल्धुरा : बझाङको खप्तडछान्ना गाउँपालिका– ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा अनियमितता भएको भन्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो।

CNA

अख्तियारको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७६/७७ मा योजना सम्पन्न भइसकेको थियो, तर २०७७/७८ मा कुनै भौतिक कार्य नगरी पुनः रकम भुक्तानी लिइएको पाइएको छ।

अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकाया, वडा अध्यक्ष भीमबहादुर रोकाया, प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक सहायक जनकथापा मगर, लेखापाल मदनराज जोशी र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायाविरुद्ध आरोपपत्र दायर गरिएको छ।

GBL NEW

इन्जिनियर खाती हाल डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कार्यरत छन्।

उनीहरूले नक्कली कागजात बनाएर १४ लाख ८ हजार ८१७ रुपैयाँ भुक्तानी लिएको अख्तियारले दाबी गरेको छ।

साथै, गलत लिखत लुकाउने प्रयास गरिएको आरोप पनि छ।

अदालतमा दायर आरोपपत्रअनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, ९ र १२ अनुसार सजायको माग गरिएको छ।

उपभोक्ता समितिका अध्यक्षलाई मुख्य कसुरदारहरूको मतियार भनी दफा २२ अनुसार कारबाहीको माग गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.