पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पूर्व लगानी सम्मेलनको तयारीमा जुटेको छ।

आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारले यही चैत २७ गते पूर्व लगानी सम्मेलन आयोजना गर्दैछ।

Amargadhi Education

लगानी तथा विकास सम्मेलनको तयारीस्वरुप पूर्व लगानी सम्मेलन गर्न लागिएको हो।

यसैक्रममा लगानी तथा विकास सम्मेलन निर्देशक समितिका संयोजक एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको छ।

अजयमेरु फाैजी केरा

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न मुख्यमन्त्री शाहको अध्यक्षतामा मूल आयोजक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ।

यसैगरी, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरिने मुख्यमन्त्री शाहले बताए।

उनले लगानीमैत्री वातावरण सृजना र कार्यक्रम व्यवस्थापन गर्न नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक निजी सहकार्यलाई प्रोत्साहन गर्ने उल्लेख गरे।

यो प्रदेश आर्थिक सम्भावना बोकेको क्षेत्र भए तापनि औद्योगिक पूर्वाधारको अभाव, सीमित लगानी र दीर्घकालीन विकास परियोजनाको कमिका कारण आर्थिक वृद्धिदर र रोजगारीको अवसर वृद्धि हुन नसकेको मुख्यमन्त्रीको भनाइ थियो।

उनले आर्थिक गतिविधिलाई गति दिनका लागि प्रदेशमा लगानी तथा विकास सम्मेलन अपरिहार्य रहेको उल्लेख गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.