डोटी-डडेल्धुराको संगमस्थल गहनानमा श्रीमद् देवी भागवत महायज्ञ आयोजना हुँदै

पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

dream cafe
learnar
  • विमल बोहरा 

डडेल्धुरा : डोटी जिल्लाको शिखर नगरपालिका–१० स्थित पवित्र तीर्थस्थल गहनान त्रिवेणी धाममा “श्रीमद देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ २०८१” आयोजना हुने भएको छ।

Amargadhi Education

महायज्ञ यही चैत १७ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरका अनुसार डोटी र डडेल्धुराको संगमस्थल गहनान भूमि, जहाँ भूमिराज देवताको देवस्थल रहेको छ, त्यही स्थानमा धार्मिक, सामाजिक, ऐतिहासिक, र पर्यटकीय महत्त्व उजागर गर्दै क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले यो धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो।

गहनान क्षेत्रलाई पौराणिक रूपमा अत्यन्तै पवित्र भूमिका रूपमा लिइन्छ।

सेती नदी र शाकल्य नदिको संगमस्थलमा शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको स्थल हो।

साथै, पाण्डवहरूले वनवासका क्रममा ध्यान र तपस्या गरेको स्थान पनि मानिन्छ।

महायज्ञको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ।

यसैगरी, महायज्ञको प्रमुख वाचक आध्यात्मिक गुरु पण्डित श्री ऋषिकेश उपाध्याय रहनेछन्।

अजयमेरु फाैजी केरा

महायज्ञ अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिनेछ।

जसअनुसार : तुलादान, अन्नदान, गौदान, आरती सेवा, विशेष पूजा, ब्राह्मण पूजन, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, योग विज्ञान शिविर, शालिग्राम पूजन, देवी भागवत कथा प्रवचन, झाँकी प्रदर्शन, बाल संस्कार कार्यक्रम, भजन-कीर्तन आदि हुनेछन्।

महायज्ञमा करिब २ लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजक समितिका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

तीन पालिकाको संरक्षकत्व
महायज्ञको संरक्षकत्व डडेल्धुराको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र डोटीको शिखर नगरपालिकाले गरेका छन्।

गहनान क्षेत्र यी तीन पालिकाको स्वामित्वमा भए पनि सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरूलाई सहयोगका लागि आह्वान गरिएको आयोजकले जनाएको छ।

महायज्ञमा योगदान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिनुका साथै उनीहरूको नाम शिलापत्रमा अंकित गरिने छ।

साथै, कार्यक्रम व्यवस्थापनका लागि २० वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

महायज्ञबाट धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा

यो महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै गहनान त्रिवेणी धामलाई हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

आयोजक समितिका अनुसार यस अनुष्ठानले डोटी–डडेल्धुराको धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै सम्पूर्ण सुदूरपश्चिमको पहिचानमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.